यस वर्ष पूरा कोर्स पढाइ हुँदैन: मन्त्री पोखरेल ।



प्रकाशित: भाद्र १९, शुक्रबार, काठमाडौँ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले नोवेल कोरोना भाइरसले गर्दा यो वर्षको पाठ्यक्रम सानो बनाइएको बताएका छन् । शुक्रबार राजधानीमा एक कार्यक्रम मा मन्त्री पोखरेलले यस वर्षको शैक्षिक शत्रको पाठ्यक्रम हरुलाई खुम्च्याएको बताएका छन् । 

नोबेल कोरोना भाइरसका कारणले यसवर्ष विद्यार्थीका पाठ्यक्रमका सम्पूर्ण कुराहरु अध्यापन गर्न नसकिने तथा चार महिना लामो लकडाउनका कारण बाँकी रहेका समयमा सम्पूर्ण कोर्स पठनपाठन गराउन नसकिने अवस्था भएकाले यस किसिमको नयाँ ढाँचामा पढाउनु पर्ने कुरा अघि सारेका हुन् ।

विद्यार्थीहरुले रेडियो सुन्ने, टिभी हेर्ने, स्वा अध्ययन गर्ने, अनलाइन माध्यमबाट पढ्ने, इन्टरनेटबाट पढ्ने, आदि किसिमका वैकल्पिक माध्यम हरु मध्ये सहज हुने कुनै या सबै विकल्प अपनाएर पठनपाठन गर्नुपर्ने बताएका हुन् । मन्त्री पोखरेल का अनुसार यहि भाद्र मसान्त भित्रमा सम्पूर्ण विद्यालयहरुलाई संश्लेषित पाठ्यक्रम वितरण गरिनेछ । 

अब घरलाई नै पाठशाला मान्नुपर्ने र बालबालिकाहरुलाई नियमित पठनपाठनमा सम्मिलित गराउन अभिभावकहरुले प्रमुख भूमिका निर्वाह गर्नुपर्नेमा मन्त्री पोखरेलले जोड दिनुभयो । विद्यार्थीहरु विद्यालय आउन नसक्ने यस्तो अवस्थामा विद्यालयहरुको समक्ष पुग्नुपर्ने कुराको विकल्प नरहेको उहाँको भनाइ थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार