पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोनाका कारण निधन ।



प्रकाशित: भदौ १६, मंगलवार ,काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ३ बस्ने पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ७० वर्षीय चालिसे लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित थिए । पाँच दिनअघि काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका चालिसेको उपचारको क्रममा आज बिहान निधन भएको हो भने उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको उनका भाइ कृष्णराज चालिसेले बताए ।

२०७० साल असार २५ गते अवकाश प्राप्त गरेका चालिसे तत्कालिन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीश रहेका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार