१७ वर्षमा गरिएको अपराध, ६२ वर्षमा पक्राउ ।


handcuffs

प्रकाशित: अशोज ५, सोमबार , स्यांग्जा । 
स्याङ्जाको हरिनास गाउँपालिका-१ निवासी ६२ वर्षीय लालबहादुर लम्जलीले किशोर अवस्थामा गरेको एउटा अपराधको सजाय यो उमेरमा भोग्नुपरेको छ । २०३२ सालमा भएको एउटा डाका चोरी सम्बन्धी घटनाबारे प्रहरीले उनलाई बताउँदा आश्चर्यमा परेका थिए । 

उक्त घटना पश्चात उनी केही समय भारतमा ६ वर्षजति मलेसियामा गएर बसेका थिए । २०६१ सालमा नेपाल फर्केर आउँदा पनि उनको खोजी भएको थिएन । तर जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पुराना अपराधका फरार अभियुक्तहरुलाई समात्ने अभियान चलाए पश्चात आइतबार हुने पक्राउ परेका हुन् । जिल्ला अदालतले उनलाई ६ वर्ष जेल र ३१,०५० रुपैयाँ जरिवाना समेत सुनाएको थियो । सजाय भुक्तानीका लागि अहिले उनलाई जिल्ला कारागार चलान गरिएको छ । 

पुराना फाइल पल्टाउने प्रहरीको अभियान अन्तर्गत, हरिनास गाउँपालिका -५ निवासी ६२ वर्षीय कर्णबहादुर भट्टको भनी यस्तै घटना छ । आफ्नी कान्छी आमालाई हाडनाता करणी गरेको अभियोग लागेका उनलाई २३ वर्षपछि पक्राउ गरिएको छ । उनलाई अदालतले २ वर्ष २ महिना कैद सजाय फैसला गरेको छ र सजाय भुक्तानी गर्नका लागि उनलाई पनि कारागार चलन गरिएको छ । 

यस्तै किसिमका विभिन्न अभियोग लागेका, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा, कुटपिट, लुटपाट, लगायत विभिन्न मुद्दाहरुका फरार अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आइतबार एकैदिन ४८ जना पक्राउ गरेको हो । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार