बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा खस्यो ।



प्रकाशित: भाद्र १६, मङ्गलबार , चितवन ।
काठमाडौंबाट बिरामी लिएर सर्लाही तर्फ जादै गरेको ना ५ च १०३३ नम्बरप्लेटको एम्बुलेन्स पृथ्वीराजमार्गको चितवनको इच्छाकामना गाउँपालिका-३ पानीधारा भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । उक्त एम्बुलेन्स आफै अनियन्त्रित भएका कारण बिहान ५:१५ तिर सडकबाट ५० मिटर तल त्रिशुली नदीको किनारमा खसेको हो । 

दुर्घटनामा परि झापा गौरिगन्ज बस्ने २८ वर्षिय एम्बुलेन्स चालक सरोज दाहाल र सर्लाही बरहथवा बस्ने ५० वर्षीय दिलमाया रानामगर, १५ वर्षीय बाधे रानामगर, २६ वर्षीय मेक कुमारी रानामगर र ३४ वर्षीय नरबहादुर मगर घाइते भएका छन् । घाइते भएका सबैलाई उपचारका लागि चितवनको भरतपुरतर्फ पठाएको छ भने १५ वर्षीय बाधे रानामगरको अवस्था गम्भीर रहेको जानकारी प्रहरीले दिएको छ ।

घाइतेहरूको उद्धार गर्नका लागि त्यहाँको अस्थायी प्रहरी पोस्टबाट चार जनाको टोली र विपद् व्यवस्थापन तालिम केन्द्रबाट प्रहरी निरीक्षक अझै थापाको नेतृत्वमा ९ जनाको टोली खटिएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार