लियो क्लव अफ विराटनगर रानीद्वारा बालदिवसको अवसरमा शैक्षिक सामग्री वितरण ।


प्रकाशित: भाद्र ३०, सोमबार, मोरङ्ग ।
निरन्तर रुपले बढ्दै गरेको लकडाउनले नेपाली जनताको पेट पाल्न गाह्रो भइरहेको छ । त्यसमा पनि सिमाना छेउमा बस्ने नेपाली जनताहरु सिमाना क्षेत्रको व्यापारको कमाइमा निर्भर भएकोले यो लकडाउनले आर्थिक बाटो पनि बन्द भएको कुरा हामीले देख्दै नै आएका छौँ । यसका साथै विद्यालय बन्द भएर बालबालिकाको मनस्थितिमा समेत असर परेको देखिन्छ ।

यसै कुरालाई ध्यानमा राख्दै लियो क्लव अफ विराटनगर रानी द्वारा बालदिवसको अवसरमा शिक्षण सामग्री वितरण गरिएको छ । पढ्नेे मन भएर पनि शैक्षिक सामग्रीको ब्यावस्था नभएर पढाई देखि कुनै पनि देशको कर्णधारको रुपमा रहेका विद्यार्थीहरू पढाइबाट बन्चित नहुन भनेर लियो क्लब अफ बिराटनगर रानीले बाल दिवसको अवसरमा स्टेशनरी एण्ड स्पोर्टसका केही समानहरु वितरण गरेका छन् । जसमा बुधनगरमा रहेको सरकारी विद्यालयमा र मुसहर बस्तीमा रहेको पाथिभारा लायन्स अध्ययन केन्द्रमा २५ दर्जन कपी, १५ प्याकेट इरेजर, १५ प्याकेट पेन्सिल कटर, २ प्याकेट स्केल, २५ प्याकेट पेन, २५ प्याकेट पेन्सिल, फुटबल ३ पिस, ब्याटमिन्टन ३ पिस ३ वाटा स्किपिङ लागायत अन्य किसिमका स्टेसनरी समाग्री वितरण गरिएको छ।

फोटो फिचर:






.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार