मोरङको निषेधआज्ञामा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू ।



प्रकाशित: भदौ १७, बुधवार, बिराटनगर ।
मोरङ जिल्लामा कोभिड-१९ को संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको र हाल १६०० जना संक्रमित भएको र १६ जना को मृत्यु समेत भएकोले जिल्ला प्रशासन कार्यालय मोरङले २०७७/०५/२२ गते राति १२ बजे सम्म का लागि लागु हुनेगरी निषेधाज्ञा आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम प्रमुख जिल्ला अधिकारी श्री कोषहरि निरौलाले निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

तर, निरन्तरको निषेधाज्ञाले यस जिल्लाको व्यक्तिहरूको जनजीवन झनै कष्टकर बन्दै गएकोले जीवनयापन लाई समेत क्रमश सहज गर्दैजाने र संक्रमण लाई समेत नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञाको नियमलाई केही खुकुलो बनाउँदै सामान्य हेरफेर गरिएको छ। यसअन्तर्गत २०७७/०५/१६ राति १२ बजेदेखि लागु हुनेगरी निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ।

जिल्लाभरी जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर अनुसार निजी सवारी साधान यातायात लगायत अन्य मापदण्डको पालना गरेर चलाउन पाउने गरी निर्णय मा उल्लेख गरिएको छ भने सार्वजनिक यातायातको हकमा अर्को सूचना नआएसम्म को लागि सञ्चालनमा रोग यथावतै रहेको छ।

काम गरेर गुजारा गर्ने न्यून वर्गीय व्यक्तिहरूको जीवनयापनमा कठिनाई हुँदै गएकोले‌ त्यसलाई मध्यनजर गर्दै सिटी रिक्साको हकमा पनि जोर-बिजोर प्रणाली अनुसार यातायात मापदण्ड पालना गरी बढीमा दुई जना यात्रु राखेर सञ्चालन गर्न पाईने भएको छ ।

सूचना : 


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार