हेलम्बु गाउँपालिकाको पहलमा एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको छ । उनले शनिबार दिउँसो अढाई बजे मृत शिशु जन्माएकी थिइन् र अत्यधिक रक्तश्राव भइरहेका कारण एम्बुलेन्सबाट लान नसकिने अवस्थामा उनलाई आइतबार साँझ हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जानकारी गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिए ।
उनको अहिले महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचाररत तेमाल आमाको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको जानकारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देलले जानकारी दिनुभयो ।
गएको हप्ता पनि हेलम्बु १ निवासी फुर्बा डोल्मा लामा ले जन्माएको बच्चा श्वास फेर्न नसकेपछि गाउँपालिकाले आफ्नै खर्च मा हेलिकप्टरमार्फत उद्धार गरेको थियो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :