शैक्षिक सत्र २०७७ मा नयाँ भर्ना हुने कक्षा ११ काा चार सय विद्यार्थीलाई पूर्ण र आंशिक गरी २ करोड १३ लाख रुपैयाँको छात्रवृत्ति दिने विराटनगरस्थित कोबास कलेजले घोषणा गरेको छ।
कलेज परिसरमा सोमबार पत्रकार सम्मेलन गर्दै कलेजको व्यवस्थापन समितिको निर्णय अनुसार कोरोना भाइरस महामारीको कारण भएको लामो समयको लकडाउनले अभिभावकवर्ग लाई पर्न गएको आर्थिक समस्यालाई मध्यनजर गर्दै विद्यार्थीहरूको लागि छात्रवृत्ति घोषणा गरेको कोबास कलेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठले जानकारी दिए ।
विज्ञान र व्यवस्थापन संकाय पढाइ हुदै आएको कोवास कलेजमा दुवै संकाय गरी जम्मा ४ सय जनाको कोटा छ । कलेजका अनुसार जेहन्दार र आर्थिक अवस्था नाजुक भएका १ सय विद्यार्थीलाई पूर्ण छात्रवृद्धि दिइनेछ भने ३ सय विद्यार्थीलाई आंशिक छात्रवृत्ति दिइनेछ जुन रकम २ करोड १३ लाख १५ हजार बरावरको हुनपुग्छ। एसईईमा ल्याएको नतिजा अनुसार दिइने छात्रवृत्ति ३.९० जिपिए ल्याएर उत्तिर्ण भएका ५०-५० जना विद्यार्थीले विज्ञान र व्यवस्थापन संकायमा पूर्ण छात्रवृत्ति पाउनेछन् भने ३.८५ जिपिए ल्याउने विज्ञान संकायतर्फ २५ र व्यवस्थापन तर्फ २५ जना विद्यार्थीले ९० प्रतिशत छात्रवृति पाउनेछन् ।
त्यसैगरी ३.८० जिपिए ल्याउने ५० जनाले ८० प्रतिशत, ३.७५ जिपिए ल्याउने ५० जनाले ६० प्रतिशत, ३.७० जिपिए ल्याउने ५० विद्यार्थीले ५५ प्रतिशत, ३.६५ जिपिए ल्याउने ५० जनाले ५० प्रतिशत र ३.६० प्रतिशत ल्याउने ५० विद्यार्थीले ४५ प्रतिशत छात्रवृति पाउने कलेजले जनाएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :