डा. केसीका समर्थक द्वारा सीडीओ र प्रहरी प्रमुख विरूद्ध मानवअधिकार आयोगमा उजुरी ।


NHRC

प्रकाशित: असोज १३, मङ्गलबार, काठमाडौँ । 
चिकित्सा क्षेत्रको सुधारका माग राख्दै अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा शनिबार शान्तिपूर्ण प्रदर्शन गर्दा बिनाकारण पक्राउ गरिएको भन्दै " सोलिडारिटी फर डाक्टर केसी " अभियानका अभियन्ताले सोमबार मानव अधिकार आयोगमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीविरुद्ध कारबाही माग गर्दै मानवअधिकार आयोगमा उजुरी दिएका छन्।

गत शनिबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले अभियानका सदस्य पुकार बम, प्रितम सुवेदी, सचिन तिमल्सेनासहित १७ जनालाई प्रकाउ गरेको थियो भने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा प्रहरी प्रशासनले आफूहरुको शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने अधिकार हनन गरिएको भन्दै उजुरी गरेको हो।

स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालन गरी प्रदर्शन गरिरहेका डा केसीका समर्थकहरुलाई प्रहरीले पक्राउ गर्दा स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना नगरेको, पक्राउको कारणबारेमा कुनै जानकारी नदिएको, प्रहरी हिरासतमा राखी दिनभरी बन्धक बनाएको, बेलुका जबरजस्ती त्यहाँबाट निस्कासन गरेको, पक्राउ गर्दा र निस्कासन गर्दा कुनै सूचना नदिएको पनि उजुरीमा उल्लेख गरिएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार