" सरकारले खाडीमा नौ जवान पठायो " - मनिष पोखरेल |



प्रकाशित: अशोज ५, सोमबार ।

सरकारले खाडीमा नौ जवान पठायो 
मरुभूमिमा फूल रोप्न किसान पठायो।

यातनाको पीडा खप्न नसकेर मरेका
नागरिकका लास लिन यान पठायो।

सक्षम व्यक्तिहरुले नेतृत्व लिन नहुने
विश्वसामु यो कस्तो पहिचान पठायो।


मजदुर भोकले पिल्सिएको देखेर पनि
भ्रष्टलाई अरवौँको मान सम्मान पठायो।

मनिष पोखरेल
विराटनगर ३

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार