लक डाउनले निम्त्यायो आत्महत्या , ३ सन्तानको बिल्लीबाठ ।



प्रकाशित: भदौ २७, शनिबार, मोरङ्ग ।
लकडाउनको पाँच महिनाको संघर्ष पछि मोरङको सुन्दरहरैचा नगरपालिका– १० सुकुम्बासी बस्तीका ४७ वर्षीय अशोक दर्जीको दैनिकी धान्न नसकेर मंगलबार आत्महत्या गरेका छन्।

निर्माण क्षेत्रमा मजदुरी गरेर ६ जनाको परिवार पाल्दै आएका दर्जीको लकडाउन भएपछि आम्दानीको बाटो बन्द भएको थियो। आर्थिक अवस्था कमजोर भएका कारण राम्रो कमाइ हुने भन्दै विदेश जान लागेकी श्रीमतीलाई दलालले दिल्ली पुर्‍याएका थिए।

दिल्ली पुगेको केही दिनपछि लकडाउन सुरु भएपछि श्रीमती दिल्लीमै अलपत्र छिन् ।

आम्दानीको बाटो बन्द हुँदा दर्जीले दुई छोरी र एक छोराको पेट पाल्न घरमा भएको ग्यास सिलिण्ड सम्म बेचेका थिए । अति विपन्न वर्गका दर्जीले भोकमारी सहन नसकेर आत्महत्याको बाटो रोजेको हो।


दर्जी बितेपछि १७ र १५ वर्षकी छोरी र १३ वर्षका छोराको बिचल्ली भएको छ भने जेठी छोरीको विवाह भइसकेको छ । छातीमा राख्ने चामलसम्म दर्जीको घरमा नभएकोले स्थानीय अगुवा कुमार मिजारले ‘सहयोग संकलन गरेर पोष्टमार्टम पछि दाहसंस्कार गरे।

मिजारले किरिया खर्चका लागि सहयोग संकलन गरेर उपलब्ध गराएको छ भने अन्य संघ संस्थाले पनि सहयोग गरेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार