पारिश्रमिक माग्दा शिक्षकलाई निष्कासनपत्र


प्रकाशित : भदौ १६, मंगलबार,विराटनगर। 
कस्तो समय आयो ? हातमा नियुक्तिपत्र साथमा हुँदाहुँदै पनि बेरोजगार हुँनुपर्ने दिन आयो। 

अहिले विश्वभर फैलिरहेको कोरोना भाइरसले हाम्रो समाजमा एक प्रकारको विकृति पनि छरिदिएको आभाष हुँन थालेको छ। विभिन्न संघ संस्था तथा प्राइभेट कार्यालयहरुमा काम गर्ने दाजुभाई तथा दिदीबहिनीहरुले तलब नपाएर खान बस्न समस्या पर्न थालेको छ। 

तर, शिक्षक पेशा यस्तो पेशा हो जसले संसारलाई उज्यालो बनाउन अग्रसर रहिरहन्छ। भर्खरै भक्तपुरमा अवस्थित एक निजि विधालयले चामल किन्न आफ्नै पारिश्रमिकबाट पैसा माग्दा एक शिक्षकलाई निष्कासनपत्र थमाइदियो। अहो , सुन्दै कन्सिरी तात्ने खबर। मानवता विहिन त्यो विधालयका संचालक। तिनै शिक्षकले दिनहु आफ्नो ज्ञानको भण्डार प्रवाह गर्दै हजारौँ भविष्यहरु उव्जाएको गुणलाई रत्तिभर पनि वास्ता नगरी निष्कासनपत्र थमाउँने त्यो संचालकको हात अलिकति पनि कामेनन्। तिनै शिक्षकको परिश्रम बेचेर लाखौँ करोडौं कुम्ल्याएका ति निजि विधालयका संचालकलाई मानवता भन्ने चिज पनि यो संसारमा छ भन्ने कुरा याद आएन ?

एकातिर सरकार भन्छ लकडाउनको अवधिलाई सार्वजनिक विदा मानेर घरमै बस्न बाध्य कर्मचारीको खाइपाई आएको तलब नकाट्नु। तर अनेक बहानामा अभिभावकहरुबाट दशौँ गुणा सम्म बढी शुल्क उठाएर नाफाको रफ्तार बढाएका ति विधालयले उल्टै विधालयलाई ऋणमा देखाएर सरकारसंग राहत मागेर दानवको स्वरुप धारण गरेका छन्। लाजै पचाएर दारा निच्च देखाउने यी दानावरुपी संचालकहरुलाई के भन्ने ? 

देशभर २९ हजार निजि विधालय छन् तर सबै विधालयहरु एकै स्वभावका छैनन्। थोरै तथा मध्यम आय भएका विधालयले यथार्थमै ऋण खोजेर भए पनि २५% तलब उपलब्ध गराएर मानवता प्रस्तुत गरेका छन्। यधपी छोराछोरी भर्ना गर्दा अभिभावकको सम्म परिक्षा लिन भ्याउने ति कठोररुपी ठुलाठुला निजि विधालयले अधिकांश शिक्षकलाई निष्कासनपत्र थमाएको पाइएको छ। 

शिक्षकहरुको हकहितको लागि लड्ने इस्टुले पनि आवश्यक पहल थाल्न सकेको छैन। यथार्थमा भन्दा आफ्नो जिम्मेवारी सहि तवरले बहन गर्न सकेको छैन। इष्टुमा प्राप्त तथ्यांक अनुसार देशभरबाट ४०० भन्दा धेरै शिक्षकहरु निष्कासनमा परिसकेका छन्। यो तथ्यांक त केवल एउटा कागजी रुप मात्रै हो वातवमा यहाँ हजारौँको संख्यामा शिक्षकहरु निष्कासनमा परिसकेका छन्। 

एक सर्वेक्षणले जनाए अनुसार झन्डै ९०% विधालयले वैशाखयता तलब दिएका छैनन्। अधिकांशले त झन् पुषदेखीकै तलब शिक्षक तथा कर्मचारीलाई उपलब्ध गराएका छैनन्। विदाको दिनमा समेत अतिरिक्त कक्षा लिन बोलाएर काम लगाई पारिश्रमिक नदिने ति विधालयलाई लकडाउन एउटा बहाना मात्र बनेको छ। लकडाउनमा पनि शिक्षकले उत्तरपुस्तिका जाँच्ने,नतिजा तयार पार्ने,अनलाईन पढाउने, अनलाईन परिक्षा लिने लगायतका काम गरिरहेका छन् तर पारिश्रमिकको आतोपत्तो छैन , मागेमा निष्कासनपत्र अथवा बेतलबी बिदाको पत्र थमाइ दिन्छन्। 

तिनै शिक्षकको परिश्रम बेचेर अभिभावकसंग मोटो शुल्क असुलेर डकार निस्कन नपाउँदै एक शिक्षकको बाध्यता र मर्म नबुझी निष्कासनपत्र थमाउदै उल्टै सरकारसंग राहत माग्ने ति निजि विधालयलाई सरकारले के कारवाही गर्ला ? के शिक्षकहरुले न्याय पाउलान ? यी सब प्रस्नहरुको उत्तर सर्वहाराको सरकारले गर्ने व्यवहारले निकट भविष्यमा बताउला। 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार