" देश रुपान्तरणका निम्ति " - जगत जंग थापा


jagat-jung-thapa
प्रकाशित: अशोज १२, सोमबार ।
जनताको मौलिक हक माथि गिद्धेहरुको नजरले नेपाली समाजमा मानवता हराइसकेको भान गराइरहेका अवस्थामा एकता स्वाभिमान बिकास र समृद्धिका वाचाहरु शब्दमा नै सिमित हुने भएको छ । 
देश रुपान्तरणको परिकल्पनामा शासकीय व्यवस्थाको परिबर्तनशिल अध्यायको शृंखला नेपालमा निरन्तर चलेको थियो र चलिरहेको छ । यो, यस्तो आएर देश विकासन्मुख हुने सपनामा नेपाली जनताले राणाशासन हटाए, पंचायत व्यवस्था हटाए, राजतन्त्र हटाए र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नेपाली भूमिमा स्थापित संगै एक परिवारको वंशज हुकुमी शासनका शृंखलालाइ निम्टियान पारेर जनता भित्रैबाट चुनिएर नेतृत्व गर्ने, जनताको छोराछोरी देशको शासकको बागडोर समाल्ने अवस्थासम्मको देशमा व्यवस्था परिवर्तन भयो । 

यस्तो व्यवस्था परिवर्तनका निम्ति जीउज्यान को आउती र आर्थिक हानिनोक्सानी सम्म हुन हुगेको इतिहास साक्षी छ । जस बाट उत्पन्न पराकम्पन नेपाली अर्थतन्त्रमा ऋणको थुप्रो, जातीय द्वन्द्व, युवा रोजगारिको निम्ति पलायन, गरिवी, परनिर्भरता भ्रस्टाचार पनि हो । देश रुपान्तरण गर्ने वाचा गर्ने तमाम नेतृत्वकर्ता देशको बागडोरमा स्थापित भएको वर्तमान अवस्थालाई मूल्यांकन गर्दा र तिनका कार्यसम्पादन को लेखाजोखा गर्दा नेपाली जनतालाई झुक्याइयो वा भनौ ठुलो झुटको ग्राण्डडिजाइन गरियो र त्यो ग्राण्डडिजाइनको खेतालाका रुपमा सोझासाझा नेपाली जनतालाई भिडाइयो अन्त्यमा जब सफल भयो नेतृत्वकर्ता आफु महाजन सरह सत्ताको बागडोरमा हालीमुहाली भइ स्थापित भए जसलाई न कसैको डर छ, न कसैको कहर छ, न अनुशासन बोध छ । यिनीहरुबाट स्थापित लाजनितिको तुच्छ शासनबाट शासित हुनुपर्ने विडम्बना फेरी जनताको सिरमा अभागीजसरि आइपरेको छ । 

यस्ता कनिष्ठहरु बाट छुटकाराका निम्ति नेपाली जनताको मानसिकता परिवर्तन अपरिहार्य छ । पुर्खाको साहस,त्यागी व्यवहारर निडर जस्ता विशेसताको आडमा स्वाभिमान बनेको नेपाल वर्तमान अवस्थामा भूमण्डलीकरणले सिर्जित अवसरको चपेटामा नेपाली यति अन्दोबनेका छौ कि जसले आफ्नो धरातलपनि बिर्सेका थियौ । 

कोभिड-१९ को कहरमा लाचार देशको अवस्था, देश भित्र हुकुमी व्यवस्थाले निम्त्याएको खोक्रो कार्यसम्पादनले जनताको आत्मामा यस्तो चोट परेको छ कि बयान साध्य छैन । जनताको मौलिक हक माथि गिद्धेहरुको नजरले नेपाली समाजमा मानवता हराइसकेको भान गराइरहेका अवस्थामा एकता स्वाभिमान बिकास र समृद्धिका वाचाहरु शब्दमा नै सिमित हुने भएको छ । 


अति कम विकसित मुलुकहरुको सुचिमा विश्व मानचित्रमा रहेको देख्दा, स्वाभिमानी, आत्मनिर्भर र पौरखी पुर्खाहरुको देशबाट यस्तो सुचिमा पर्नुको मुख्य खोट यहाको नेतृत्व,खोक्रो नेतृत्व चयन पद्दति र भावनात्मक राजनीतिक अचेतना भएका जनता हुन् । त्यसैले व्यवस्थाको परिवर्तनशिल इतिहास बोकेको देशको कायापलट गर्न नेतृत्वमा सच्चा व्यक्ति स्थापित हुनु पर्दछ । 

त्यसका निम्ति नेतृत्व चयन पद्दतिमा परिवर्तन अहिलेको आवश्यकता हो । वर्तमान अवस्थामा एउटा नेता आफ्नो निर्वाचन क्षेत्रमा राम्रो राम्रो गर्ने,त्यहाको जनतालाई रुझाउने अनि त्यहि व्यक्ति देशको अरुठाउ क्षेत्रमा लुट मच्चाउने तितोयथार्थ वा जिते पछि फर्केर नआउने नेतालाई नचाहदा नचाहदै निर्वाचन पद्दतिले पटकपटक जिताउनुपर्ने वा सामान्य जनता केहि गरौ भने क्रियाशील नागरिकहरुले चुनाबी यात्रामा पाउ राख्दा चुनावीसर्गमको महंगीको मारले पिल्सिएर झुक्नुपर्ने जस्ता कार्यले नेतृत्व चयन अलोकतान्त्रिक भएको छ । जब अलोकतान्त्रिक चयनबाट चुनिएर आएकाले लोकतन्त्र व्यवस्थाको देश चलाउने परिकल्पना गर्नु नै वर्तमान देशको दुर्गतिको मुख्य कारण हो । 

यस्तो अवस्थाबाट देश बचाउन नेपालमा यथाशीघ्र नोटाभोट लागु गर्नु पर्दछ । यस पद्दतिमा यदि तपाइको ठाउमा अघिसारेको पार्टीगत उम्मेदवार तपाईलाई कुनै पार्टीको उम्मेदवार मन नपरे तपाइले नोटाभोट भन्ने विकल्पमा भोट दिएर, यदि निर्वाचन पत्रमा अंकित उम्मेदवार भन्दा नोटाभोट बढी आए, त्यस ठाउको निर्वाचन पत्रमा भएका सम्पूर्ण उम्मेदवारको उम्मेदवारि खारेज भइ फेरी नया उम्मेदवार पार्टीले उठाउने बाध्यात्मक अवस्थासिर्जना हुने गर्दछ । यस्ता बिषयमा सजकता र आवाज नउठाए र निर्वाचन पद्दतिमा लागु नगराए, त्यही, अनुहार पटकपटक दोहोरिने र जनताको वर्तमान हबिगत झैँ हुने शिलसिला र घटनाक्रमको शृंखला चली नै रहन्छ । 

दोश्रो Right to information वा सूचनाको हक सम्बन्धि व्यवस्थामा नेपालको संबिधान को धारा २७ मा उल्लेख गरे अनुसार प्रतेक नगरिकलाइ आफ्नो वा सार्वजनिक सरोकारको बिषयको सूचना माग्ने र पाउने हक हुने छ तर कानून बमोजिम गोप्य राख्नुपर्ने सुचनाको जानकारी कसैलाई बाध्य परिने छैन भनि उल्लेख गरिएको छ । यसको उद्देश्य सरल भाषामा देशको शासकीय व्यवस्थामा नागरिक वा जनसहभागिता बढाउन वा सचेतना अभिवृद्धि गर्न हो । त्यसैले यो हकको प्रयोग गरि आफ्नो वरपरका बिकास निर्माण,सार्वजनिक महत्वको निर्माण कार्य, राज्य सम्बन्धि सुचनामा नगरीकको पहुच मुख्य कुरा हो । यसले देशको कार्यकारी पदमा बसेर मिचाहा प्रवृति ब्यबहारमा अपन्नतो गर्नेलाई खबरदारी गर्न र राज्यलाई पूर्ण लोकतान्त्रिक र खुल्ला सरकारको अवधारणा लाइ ब्यबहारमा आत्मासात गर्न यसको मुख्य प्रयोग हुन्छ । 

जनताले लाजपचाएर तथ्यरहित कुरामा हो मा हो भन्दापनि खोजमुलक भएर सचेत र सजक हुन जरुरि छ । जसले गर्दा जनताले पाउने अधिकार र सेवा प्रवाहमा दक्षता र प्रभावकारिता वृद्धि हुने छ ।

अन्त्यमा देश रुपान्तरण गर्न जे जस्तो कुरा भएपनि वा सोचेपनि मुख्य कर्मकाण्ड सबै जनताको मानसिकता, ब्यावहार र कर्तब्य पालनमा हुन्छ । त्यसैले असल नागरिक बनौ खबरदारी, तथ्ययुक्त कुरा र निडर भइ प्रश्न सोध्ने आटलाइ आत्मसाथ गरि हाम्रो भन्दा राम्रोलाई अवसर र समर्थन गरि देश विकास र अति कम विकसित बाट निकासका निम्ति जुटौँ ।

जय नेपाल ।।

यो लेख राष्ट्रिय टाईम्स लाइ जगत जंग थापाले पठाउनुभएको हो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार