जोरविजोर नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई रु.५०० जरिवाना ।


प्रकाशित: भाद्र १८, बिहिबार, विराटनगर ।
मोरंग जिल्ला प्रशाशानाले पछिल्लो पटक थप गरेको निषेधाज्ञाको सुचनामा सवारीसाधन चलाउदा जोर विजोर प्रणाली अपनाउनुपर्ने भनिएको थियो । यस अन्तर्गत जोर गते जोर नम्बरप्लेटका र विजोर गते विजोर नम्बरप्लेटका सवारीसाधन मात्रै गुडाउन पाइन्छ ।

तर विराटनगरका सडकमा उक्त नियम पालना भएको नदेखिएपछि जरिवाना तिराउन वाध्य हुनुपर्ने अवस्था जिल्ला प्रहरी कार्यालयलाई भएको छ । जोर विजोर प्रणालि उल्लङ्घन गर्ने सवारिसाधनाहरुलाई ५०० रुपैया जरिवाना तिराइएको छ । आज १८ गते जोर गते परेको तर गुडिरहेका  विजोर नम्बरप्लेटका सवारी साधनहरुलाई उक्त जरिवाना तिराइएको छ ।

फोटो फिचर :




.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार