५८८ रुपैयामा १५ देखि ३० मिनेटमा संक्रमणको नतिजा, एन्टिजेन किटलाई डब्लूएचओको मान्यता ।



प्रकाशित: असोज १३, मङ्गलबार, काठमाडौँ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस संक्रमण पहिचानका लागि एन्टिजेन किटलाई मान्यता दिए सँगै कम शुल्कमा छिटो परीक्षण को नतिजा आउने भएको छ।

डब्लूएचओका अनुसार न्यून र मध्यम आय भएका मुलुकहरुमा कम शुल्क र छिटो परीक्षण गरी कोरोना भाइरस संक्रमितको पहिचान गरिने भएको छ भनी ५ अमेरिकी डलर (५८८ नेपाली रुपैयाँ)मा गर्न सकिने यो परीक्षण को नतिजा १५ देखि ३० मिनेटमा आउने बताइएको छ। एन्टिजेन किटबाट कोरोना भाइसर संक्रमणको परीक्षण गर्भ परीक्षण जस्तै हुने बताइएको छ। टेस्ट किटमा दुई वटा निलो धर्सा देखिए कोरोना पोजिटिभ भएको मानिने डब्लूएचओले बताएको भनाइ छ ।

सोमबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानेमा गेहेब्रेयससले कोरोना परीक्षण र नतिजा आउनलाई लाग्ने समयले गर्दा कोरोना संक्रमण रोकथाममा चुनौती देखिएको भन्दै अब त्यसलाई न्यूनिकरण गर्न परीक्षणका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन र टेस्ट किट उत्पादक कम्पनीहरु एबोट र एसडी बायोसेन्सरसँग सम्झौता गरेको बताए।

सम्झौताअनुसार कम आम्दानी भएका विश्वका १३३ देशहरुमा परीक्षण किट उपलब्ध गराइनेछ जसमा कोरोना महामारीबाट अतिप्रभावित ल्याटिन अमेरिकी देशहरु पनि रहेका छन् । यसका लागि ग्लोबल फन्डबाट सुरुवाती चरणमा ५० मिलियन अमेरिकी डलर छुट्याइएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार