बिना लकडाउन् पाकिस्तानमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा |


प्रकाशित: भदौ २४ , बुधबार, पाकिस्तान ।
कोरोना भाइरसको संक्रमण हाम्रो देश नेपाल छिमेकी मुलुक भारतमा बढ्दो क्रममा रहेको बेला अर्को छिमेकी मुलुक पाकिस्तानमा भने सामान्य अवस्थामा फर्किने क्रममा छ ।

पाकिस्तानमा कमजोर स्वास्थ्य प्रणाली, कमजोर अर्थतन्त्र लगायतका कारणले कोरोना भाइरसको महामारी भयाभह हुने अनुमान गरिएको भएपनि संक्रमणलाई नियन्त्रणमा लिन सफल भएको छ ।

संक्रमण नियन्त्रणका लागि शुरुमा केही समय लकडाउन गरिएको भए पनि अर्थतन्त्र समस्यामा पर्ने भन्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोना भाइरसको महामारी जारी रहे पनि अर्थतन्त्र खोल्नुपर्ने भन्दै लकडाउन खुकुलो बनाउने घोषणा गरेका थिए ।

पाकिस्तान लकडाउनमा मात्र भर नपरेर अर्थतन्त्र पनि सुचारु राख्ने र कोरोना भाइरस पनि नियन्त्रण गर्नका लागि ‘स्मार्ट लकडाउन’को योजना अघि बढाइएको थियो जसअनुसार संक्रमणको हटस्पट बनेको स्थानमा मात्र लकडाउन गर्ने निर्णय गरियो ।

यसरी महामारीविरुद्धको लडाइँमा सफल मुलुक बन्न पुगेको पाकिस्तान पछिल्लो २४ घण्टामा २३ हजार ५२१ नमुना परीक्षण गर्दा ३३० नयाँ संक्रमित फेला परेका छन् भने उक्त अवधिमा पाँचजनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।


पर्याप्त परीक्षण नगरिएकाले संक्रमण कम देखिएको विशेषज्ञहरुले दाबी गर्दै आएका भएपनि जनसंख्या र परीक्षण अनुपातमा हाम्रो मुलुक नेपालको तुलनामा धेरै कम रहेको छ।

यसरी कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रणमा लिन सफल भएका पाकिस्तानले लकाडाउन ‌ संक्रमण नियन्तणको उपाय होइन भन्ने स्पष्ट पारेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार