संविधानको भावना विरोधी काम गरेको भन्दै संविधान दिवसमा रोएर् विरोध प्रदर्शन ।



प्रकाशित: असोज ३, शनिबार, काठमाडौँ । 
असोज ३ गते संविधान दिवश एवं राष्ट्रिय दिवस रुपमा लिने गरिन्छ । कोरोना महामारीको बिच नेपालमा संविधान जारी भएको पाँच वर्ष पूरा भई आज छैठौं संविधान दिवश अवसरमा प्रधानमन्त्री को अध्यक्षतामा टुँडिखेलमा कार्यक्रम आयोजन गरि मनाइएको छ।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गरेका छन् भने संविधानको कार्यन्वयन कति सन्तुष्टि व्यक्त गरेका थिए । तर नेपाल सरकारका पछिल्ला गतिविधि हरु को कारण नेपाल सरकार आलोचित बन्न पुगेका छन् ।

संविधान दिवसको अवसरमा नेपाल सरकारले हजारौंको बलीदानीबाट आएको संविधानको मर्म र भावनाको हत्या गरेको भन्दै अभियन्ताहरूले सामूहिक रुपमा रोएर विरोध प्रर्दशन गरेका छन् ।

स्वतन्त्र राष्ट्रिय अभियानले शनिबार विरोध कार्यक्रम गर्दै संविधान प्रगतिशील भए पनि सरकारले संविधानको भावना विरोधी काम गरेको बताएका छन् ।

अभियानका सचिवालय सदस्य कृष्ण प्रसाईँ, अर्थ विभाग प्रमुख बोधनाथ न्यौपाने, संगठन विभाग सदस्य सचिव दुर्गा बस्नेत, युवा तथा खेलकुद विभाग प्रमुख सेर्फड लिम्बु, सञ्चार विभाग प्रमुख चर्चित ढुगेल उपस्थितिमा आयोजना गरिएको विरोध कार्यक्रम माइतीघर मण्डला, कोटेश्वर र तीनकुनेमा रुन नदिएपछि पशुपतिमा गएर रोएर विरोध प्रदर्शन गरेका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार