घरबेटीको कुटपिटका कारण डेरावालको मृत्यु ।



प्रकाशित: भाद्र २६, शुक्रबार, काठमाडौँ ।
घरबेटीको कुटाइबाट काठमाडौंको कीर्तिपुरमा डेरा लिई बस्ने एक व्यक्तिको आज मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका– ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा डेरा लिई बसेका ४० वर्षीय शम्भु चौधरीको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारले जानकारी दिए ।

उनका अनुसार आज शुक्रबार विहान सामान्य विवादमा घरबेटी महर्जनले चौधरीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । थप अनुसन्धानका लागि प्रहरीले घरबेटी महर्जनलाई पक्राउ गरेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार