संविधान दिवसका अवसरमा नेपाल टेलिकमको अफरहरु ।



प्रकाशित: असोज २, शुक्रबार, काठमाडौँ ।
नेपाल टेलिकमले असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस)को अवसर पारेर विभिन्न प्याकेज अफरहरु ल्याएको छ।

प्रति प्याकेज ५५ रुपैयाँमा असोज २, ३ र ४ गते ३ दिन सम्म प्रयोग गर्न सकिने छुट्टाछुट्टै अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याकेज ल्याएको छ ।

अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा३ दिनसम्म प्रयोग गर्न सकिने १५ रुपैयाँमा १ जीबी डेटा प्याक खरिदगर्नसक्ने छन्। 

यी अफरहरु खरिद गर्न*1415*11# डायल गरी प्राप्त गर्न सकिनेछ भने नेपाल टेलिकम एपबाट समेत यी प्याकहरु खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार