कोरोना भाइरस (कोभिड–१९)लाई लिएर राष्ट्रसंघीय सभामा अमेरिका र चीनबीच तनाव ।



प्रकाशित: असोज ८, विहिबार, काठमाडौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘कोरोना भाइरस (कोभिड–१९) फैलिनुमा चीन जिम्मेवार रहेको’ यो विषयमा चीनलाई जवाफदेही बनाउनुपर्छ बताएपछि राष्ट्रसंघीय महासभामा दुई देशबीचको तनाव थप चर्केको छ भने विश्व मामिलामा हाबी हुने र अरुको गन्तव्य नियन्त्रण गर्ने अधिकार कुनै देशसँग छैन भन्दै सी जिङ पिङ ले खण्डन गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी ले ‘कुनै पनि देशसँग शीतयुद्ध गर्ने चीनको नियत नरहेको’ बताएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण यस वर्षको महासभा भर्चुअल माध्यमबाट सम्पन्न भइरहेको बेला महासभालाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ‘चीनले विश्वलाई नै संक्रमित बनाएको’ दाबी गरेका छन् । ‘संक्रमणका कारण देशभित्र लकडाउन गरेको चीनले बाह्य उडान बन्द नगर्दार् विश्वमा भाइरस फैलिएको उनको दाबी छ ।

अर्कोतिर ट्रम्पपछि बोल्दै चिनियाँ राष्ट्रपति सीले विश्वव्यापी महामारीलाई राजनीतीकरण गर्ने प्रयासलाई विफल पारिदिनुपर्ने बताए ।सम्बोधनका क्रममा अमेरिकाप्रति लक्षित गर्दै सीले ‘विश्व मामिलामा हाबी हुने, अरूको गन्तव्य नियन्त्रण गर्ने र विकासको फाइदा आफैसँग राख्ने अधिकार कुनै पनि देशसँग नभएको’ बताएका छन् ।

महासभाको उद्घाटन गर्दै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने कुनै पनि देशका नाम नलिईकन ‘नयाँ शीतयुद्धलाई बेवास्ता गर्न जस्तोसुकै कदम चाल्नुपर्ने’ बताएका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार