सार्वजनिक यातायात व्यवसायी यातायात व्यवस्था विभाग अगाडि धर्नामा ।



प्रकाशित: भदौ २३, मंगलवार, काठमाडौँ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई बेवास्ता गर्दै सार्वजनिक यातायात व्यवसायीहरु बबरमहलस्थित यातायात व्यवस्था विभागको कार्यालय अगाडि धर्नामा बसेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालमा आवद्ध व्यवसायीहरुले विदेशबाट आएका नेपालीलाई होल्डिङ सेन्टरबाट जिल्लासम्म पुर्‍याउन सस्तो भाडा दर प्रस्ताव गरेपनि उनीहरूको प्रस्ताबलाई बेवास्ता गरिएको भन्दै धर्नामा बसेका हुन् ।

सार्वजानिक यातायातलाई ठप्प पारेर विदेशबाट फर्किएका नेपाली नागरिकहरू लाई होल्डिङ सेन्टर बाट गन्तव्य जिल्लासम्म पुर्याउन यातायात व्यवसायीका सवारी साधन बाहेक मिलेमतोमा निजी तथा अन्य सवारी साधनहरु प्रयोग गरि निकै चर्को भाडा असुलेको तारा व्यवसायीहरूको समस्या नबुझेको र सस्तो भाडा दरमा पुर्याउने अवस्थामा सिसिएमसीले बेवास्ता गरेकोले धर्नामा बस्नुपरेको महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले बताए ।

रिजालका अनुसार सार्वजनिक यातायात व्यवसायीका सवारीसाधन प्रयोग गरेमा अहिलेको भाडादर भन्दा निकै कम दरमा गन्तव्यमा पुग्न सक्ने भएपनि सिसिएमसीले माफियाहरुको प्रभावमा यात्रुहरुलाई महँगो भाडादर तिर्न बाध्य पारेको हो ।

यातायात व्यवसायीहरू ‘कमिशन तन्त्र खारेज गर’, ‘होल्डिङ सेन्टरमा यातायात व्यवस्थापकबाट यात्रु ठगी रकमको छानविन गर’, ‘पीडित तथा बेखर्ची यात्रुलाई निःशुल्क गन्तव्य पुर्‍याउने व्यवस्था गर’, ‘यातायात व्यवसायीलाई ब्याज छुटको व्यवस्था गर’ लेखिएका ब्यानर सहित धर्नामा बसेका हुन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार