चीनले अतिक्रमण गरी भवन निर्माण गरेका क्षेत्रमा नेपाली निरीक्षण टोली खटाइयो |


china-nepal-border

प्रकाशित: अशोज ५, सोमबार ।
नेपाली भूमिमा चीनले अतिक्रमण गरी भवन निर्माण गरेका क्षेत्रमा निरीक्षण गर्नका लागि नेपाली टोली खटाएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा अनुगमन टोली शनिबार नाम्खा गाउँपालिका-६, लिमितर्फ प्रस्थान गरेको प्रजिअ दत्तराज हमालले बताउनुभयो ।

उक्त टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, र गाउँपालिकाका अध्यक्ष लगायत सामेल छन् । उक्त टोली स्थलगत अध्ययनका लागि गएको जानकारी प्राप्त भएको छ।

नेपाली भूमि लिमिको, लाप्चा बगरमा रिनले नौवटा भवन निर्माण गरेको जानकारी प्राप्त भएको छ। दुई देशको सिमाना भन्दा झण्डै २ किलोमिटर यता नेपाली भूमिमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन निर्माण गरेको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार