अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गते सम्म बन्द: तोकिएको प्रवेश बिन्दुमा तीनवटा नाका |



प्रकाशित: भदौ ३१, बुधबार, काठमाडौँ । 
भदौ ३१ गतेसम्म बन्द गरीएको अन्तराष्ट्रिय नाकाहरुको समय बढाएर असोज ३० गतेसम्म लम्ब्याईएको छ ।

गतः चैत्र ११ गतेदेखि लकडाउन गरिएसँगै भारत र चीनसँग जोडिएको सबै नाकाहरु बन्द गरिएको थियो भने लकडाउन् खुल्ला गरिएपनि अन्तर्राष्ट्रिय सिमानाकाहरू बन्द नै रहेको छ । संक्रमणको जोखिम लाई मध्यनजर गर्दै विभिन्न मितिमा भएको मन्त्रिपरिषदको निर्णय अनुसार अन्तर्राष्ट्रिय सिमा नाका खोल्ने मिति सारिदै आएको छ । 

पछिल्लोपटक भदौ ३१ सम्म भनिएको सीमानाका बन्द राख्ने अवधीलाई संक्रमणको जोखिम कम नभएकोले यो अवधिलाई थप गरेर २०७७ असोज् ३० गते शुक्रबार राति १२ बजे सम्मलाई यथावत राख्ने निर्णय भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयहरु मंगलमा पत्रकार सम्मेलनमार्फत परराष्ट्रमन्त्री एवं नेपाल सरकारका प्रवक्ता प्रदिप ज्ञावलीले सार्वजनिक गर्दै सो निर्णय गरिएको जानकारी दिए । भारत जोडिएको नेपालका अन्तर्राष्ट्रिय सिमानमा रहेको प्रवेश विन्दु हरू र खुला सिमानाका जुनसुकै स्थानबाट हुन सक्ने यात्रुको आवागमन बन्द गरिएपनि समस्यामा परेका नेपालीहरुलाई नेपाल प्रवेश गर्न दशवटा निश्चित नाकाहरु तोकेका छन् ।


ज्ञवालीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा समस्यामा परेका नेपालीहरुलाई नेपाल प्रवेशका लागि भारत तर्फ दुईवटा र चिनतर्फ एउटा गरी नेपाल प्रवेशका लागि तीनवटा नाका थप गर्ने निर्णय भएको हो।

भारतसँग सीमा जोडिएको इलामको पशुपतिनगर दार्चुला‌को‌ खलंगा पुलघाट र चीनसँग जोडिएको रसुवागढी बाट आवागमनलाई स्वीकृति दिने निर्णय भएको उनले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार