अनशनमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै |



प्रकाशित असोज १३ मङ्गलबार काठमाडौँ ।
जुम्लामा १९ औं सत्याग्रह थालेका डा. गोविन्द केसी ६ दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएकोथियो । १५ दिनदेखि अनशनरत प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रिन थालेको छ ।अनशनको १५ औं दिनमा उनलाई छातिको दुखाई, रिंगटा लाग्नेलगायत विभिन्न स्वास्थ्य समस्याहरु देखिएको छ भने तत्काल आईसीयूमा स्थानान्तरण गर्नु पर्न सक्ने देखिएको छ । 

डा. केसीको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक प्रा.डा.सुवासप्रसाद आचार्यले विज्ञप्तिमार्फत केसीको स्वास्थ्य जटिलताको अवस्थाबारे जानकारी दिनुभएको हो।

उनको रगतमा डब्लुबीसीको मात्रा अत्यन्त न्यून भएको छ भने ब्लड सुगर, सोडियम पोटासियम, म्याग्नेसियम, क्याल्सियम फोस्फोरस सबै न्यून भएकाो विज्ञप्तिमा उल्लेख गरिएको छ।


डा.आचार्यका अनुसार रक्तबाहिनी नलीमा आपत्कालीन पहुँच कायम राख्न डा. केसीलाई नर्मल स्लाइन दिइराखिएको छ । तर अन्य तरल पदार्थ र इलेक्ट्रालाइट लिन उनले अस्वीकार गरेका छन् । डा. केसीको पीसीआर रिपोर्ट नेगेटिभ आएको विज्ञप्तिमा जानकारी गराइएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार