विराटनगरको मेरिल्याण्ड कलेज पुनः उत्कृष्ट १० मा ।



प्रकाशित: असोज ७, बुधबार, विराटनगर ।
केन्द्रविन्दु मीडिया नेटवर्क, काठमाडौंले उत्तीर्ण प्रतिशत, भौतिक सुविधा, व्यवस्थापन प्रणाली र विद्यार्थी संख्याको आधारमा देशभरिबाट विभिन्न कलेजहरूको मूल्यांकन गरेकोमा, विराटनगरबाट एकमात्र व्यवस्थापन शिक्षा प्रदान गर्ने मेरिल्याण्ड कलेज परेको छ । मेरिल्याण्ड कलेज उक्त सूचीको सातौँ नम्बरमा पर्न सफल भएको हो । 

व्यवस्थापन शिक्षामा प्रदेश नम्बर १ र देशभरिनै अग्रणी भूमिका निर्वाह गरिरहेको मेरिल्याण्ड कलेज, विगत वर्षौंदेखिनै उत्कृष्ट १० (टप १०) मा पर्ने गरेको एकमात्र कलेज रहेको छ । " गुणात्मक शिक्षा " र " अनुशासन ", दुई मूल मन्त्रका साथ अघि बढेको मेरिल्याण्ड कलेजले समाजमा आवश्यक उद्योगी, व्यवसायी, बैंकर्स, सि. ए लगायतका दक्ष जनशक्ति उत्पादनमा अद्वितीय भूमिका खेलेको छ । 

मेरिल्याण्ड कलेज, विराटनगरले विद्यार्थीको चौतर्फी वृद्धि विकासका लागि अत्यन्त ध्यान दिने गरेको, रङ्गेली निवासी अभिभावक, रमाकान्त अग्रवाल बताउँछन् । 

कोभिड-१९ को महामारीका कारण यस वर्ष कक्षा ११को भर्ना प्रक्रिया ढिलो सुरु भएतापनि, अभिभावकको चाहनालाई मध्यनजर गर्दै, भर्ना प्रक्रियालाई थप समय अझै निरन्तरता दिने कुरा कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल बताउँछन् । 

काठमाण्डौका उत्कृष्ट मानिएका कलेजहरूको तुलनामा मेरिल्याण्ड कलेज विराटनगरले, कम शुल्कमा र सत प्रतिशत छात्रवृत्तिको सुविधा सहित व्यवस्थापन शिक्षा प्राप्त गर्न पाइने भएकाले, प्रदेश १ र २ का विद्यार्थीको पहिलो रोजाइ मेरिल्याण्ड कलेज नै रहेको, कलेजका प्रिन्सिपल ढकाल ले बताउनुभयो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार