लियो क्लब अफ रानीका प्रेसिडेन्ट गुड्डुको जन्मोत्सब मानव सेवामा |


प्रकाशित: भदौ २२, सोमबार, विराटनगर ।
अहिले विश्वभरि फैलिएको कोरोना भाइरसको महामारीले सन्सारनै त्रसित छ । पछिल्लो समय यसको रोकथामको लागि प्रायजसो सबै देशहरुमा लकडाउन गरिएको थियो जसले गर्दा मानव जीवन निकै कष्टकर बन्न पुगेको छ । 

यो महामारी बाट नेपाल पनि अछुतो रहेको छैन भने नेपालमा पनि यसको रोकथाम को लागि लामो समय लम्बाउने गरियो । मानवीय जीवन निकै कष्टकर बन्दै गएपछि देशव्यापीरुपमा लकडाउन खुला गरिएपनि स्थानीय तह तथा जिल्लाहरुमा अझ पनि निषेधाज्ञा जारीनै रहेको छ ।

लकडाउन तथा निषेधाज्ञाले जनजिवन ठप्प पारेपछि दैनिक ज्यालादारी गर्ने मजदुर गरिब तथा किसानहरु निकै मारमा परेका छन्। दैनिक मजदुरी गरेर छाक टार्ने गरिबहरू ,बाटोमा गुजारा गर्दै आएका मानिसहरु लामो समयको बन्द बन्दीले निकै मारमा परेका छन्। तथापि उनीहरूको सहयोगार्थ विभिन्न संघसंस्था सहयोगदाताहरुले राहत बाँड्दै आएका छन् भने कतिले दैनिकरुपमा गरिबहरुलाई खाना खुवाउने कार्य गर्दै आइरहेका छन्।

यसैसन्दर्भमा लायन्स क्लव अफ रानी बिराटनगर अन्तर्गत रहेका लियो क्लब रानी बिराटनगर युवाहरुले अनौठो सुरुवात गरी उदाहरणको रुपमा प्रस्तुत भएका छन् ‌। केही दिन अघिमात्र लियो रमेश शर्माले आफ्नो जन्म दिनको उत्सवमा सुरक्षाकर्मीहरुलाई मास्क र सेनिटाइजर उपलब्ध गराएका थिए गर्ने विराटनगर का विभिन्न ठाउँहरूमा गरिब तथा भोकाहरुलाई खानाको प्रवन्ध गरेका थिए। 

यसैगरी लियो क्लब रानी विराटनगर का प्रेसिडेन्ट गुड्डु कु. सिँहले आफ्नो जन्मदिनको उत्सवमा विराटनगर १३ मा अवस्थित मानव सेवा आश्रम विराटनगरलाई ६६ जनाको निम्ति खाद्यान्न उपलब्ध गराएका छन् । मानवीय भावनाका धनी समाजसेवामा समर्पित सिंहले आफ्नो २२ औ जन्मदिनको उपलक्ष्यमा आश्रममा रहेका ६६ जना लक्ष्मीनारायणहरूको भोजन सेवाको लागि खाद्यान्न उपलब्ध गराएर जन्मतिथिलाई उत्सवको रुपमा मनाएका छन् । धेरै ठाउँमा आफूले यस्ता कार्यक्रम गरेपनि मानव सेवा आश्रममा एउटा छुट्टै अनुभूति भएको सिंहले बताए। यसैक्रममा यस कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण लियो सदस्य तथा सामाजिक अभियानका राहुल भट्टराईलाई प्रेसिडेन्ट गुड्डु कु. सिँहले धन्यवाद दिएका थिए।


लियो क्लब अफ रानी विराटनगरका सदस्यहरु बाट सुरु गरिएको यस्ता सामाजिक कार्यक्रम अहिलेका यूवा हरु को लागी प्रेरणाको स्रोत बनेको छ।

फोटो फिचर:





.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार