राष्ट्रिय जनगणना २०७८ का लागि प्रश्नावलीलाई सरकार द्वारा स्वीकृति |




प्रकाशित: भदौ १७, बुधवार, काठमाडौँ ।
हरेक १० वर्षमा हुने राष्ट्रिय जनगणनाका लागि तयार गरिएको प्रश्नावलीलाई नेपाल सरकारले स्वीकृत गरेको छ। १० वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणनाका आगामी वर्ष २०७८ मा हुनेछ र उक्त जनगणनाको लागि प्रश्नावलीको टुंगो लागेको छ ।

राष्ट्रिय जनगणनाका लागि नागरिकले घर तथा घरपरिवार सूचीकरण अन्तर्गत परिचयात्मक विवरण भर्नुपर्ने हुन्छ। जसमा परिवारमा रहेका संख्या,घर रहेको स्थान, ठेगाना,घरको विवरणमा भने तला, घर बनेको वर्ष, घर प्रयोग भएको प्रयोजन र घरमा बस्ने परिवारको संख्या,घरमा पालेका गाइवस्तु तथा जनवारको समेत विवरण भरिने गरी गणना गरिने भएको छ । 

कृषि प्रयोजनमा प्रयोग भएको जग्गा, व्यक्तिका नाममा रहेको बैंक खाता, शैक्षिक विवरण तथा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको भए त्यसको विवरण,व्यक्तिगत जीवनमा प्रयोग भएका वस्तुहरुको विवरण, घरभित्र रहेका रेडियो, टेलिभिजन र शौचालयसम्मका विवरण समेत भर्ने गरी प्रश्नावली तयार गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।


Census

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार