वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्यको रुपमा काम नगर्न सर्वोच्चको अन्तरिम आदेश ।



प्रकाशित: असोज ७, बुधवार, काठमाडौँ ।
केही दिनअगाडि मात्र मन्त्रिपरिषदको सिफारिसमा नेकपा नेता वामदेव गौतमलाई राष्ट्रिय सभाका सदस्य मनोनित गरिएको थियो। प्रख्यात छ निर्वाचनमा हारेका गौतम राष्ट्रियसभामा मनाउने तोता आलोचनाका पात्र बनेका थिए भने विपक्ष बनाई सर्वोच्चमा रिट समेत परेको थियो।

आज हुने भनिएको सुनुवाई सर्वोच्च अदालतमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य को रुपमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको छ ।

गौतमलाई राष्ट्रिय सभाको सांसदको रुपमा काम गर्न नदिन र मन्त्री समेत नबनाउन आदेश जारी गरेको रिट निवेदनक मध्येको एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए। 

सर्वोच्चले यो रिटको टुंगो संवैधानिक इजलासबाट लगाउनुपर्ने भन्दै असोज १४ गते रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाउँदै त्यतिन्जेलसम्म गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो ।


सर्वोच्चको यस आदेशपछि गौतमलाई सरकारले मन्त्री नियुक्त गर्नेलगायत अन्य संवैधानिक जिम्मेवारी दिन पाउने छैन ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial