सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रहरी र संघीय प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)को पहिलो संशोधन अध्यादेश २०७७ जारी गरेसँगै संघीय राजधानी काठमाडौंको सुरक्षाका लागि अब ‘संघीय राजधानी प्रहरी’ गठन हुने भएको छ।
अब राजधानीको सुरक्षामा ‘संघीय राजधानी प्रहरी’ गठन हुने गृहमन्त्रालयले जनाएको छ । पहिले राजधानी बागमती प्रदेश मातहत थियो भने अब राजधानीका तीन जिल्ला संघीय राजधानी प्रहरीमातहत रहने छन्।
संघीय राजधानी प्रहरी गठन हुने भएपछि हाल महानगरको अवधारणामा रहेको मेट्रो प्रहरी हट्ने भएको छ । संघीय राजधानी प्रहरीअन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुर रहने छन्।
नेपाल प्रहरी र प्रदेश प्रहरीको ओएन्डएम अहिले मन्त्रिपरिषदमा विचाराधीन अवस्थामा रहेको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :