पुनः लकडाउन गरे घरपायक क्याम्पसबाट परीक्षा दिन सक्ने व्यवस्था सहितको तयारीमा त्रिवि।



प्रकाशित: असोज १२, सोमबार, काठमाडौँ ।
सरकारले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सक्ने भएकोले त् त्रिभुवन विश्वविद्यालयले घरपायक क्याम्पस बाट परीक्षा दिन सक्ने व्यवस्थासहितको तयारीमा लागेको छ । व्यवस्थाअनुसार भौतिक रुपमा उपस्थित हुन नसकेपनि घरपायक क्याम्पसबाट परीक्षा दिन सकिनेछ ।

अहिले भौतिक रुपमै परीक्षा दिने व्यवस्था गरिएपनि परिस्थिति बदलिए सरकारले पुनः लकडाउने गरे विद्यार्थीले घर पायक क्याम्पस बाट भएपनि सबै वैकल्पिक व्यवस्था सहित परीक्षा दिन सक्ने व्यवस्था गर्न लागेको त्रिविका रजिष्ट्रार प्रा डा. पेसल दाहालले जानकारी दिए ।

त्रिविको परीक्षा सञ्चालक समितिको बैठकले मंसिरमा परीक्षा गर्ने गरी सबै तयारी गर्न डीन कार्यालयलाई निर्देशन दिएको थियो भने भूगोल डीन कार्यालयले सबै क्याम्पसलाई परीक्षाको तयारी थाल्न निर्देशन दिएसकेको छ । डीन कार्यालयले सबै क्याम्पसका विद्यार्थीको अवस्थाबारे जानकारी लिइसकेको अवस्था छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार