भारतमा पब्जि व्यान गरिएको छ । पब्जि सहित अन्य ११८ मोबाइल एप्स हरु भारतमा निषेध गरिएको हो ।
सीमा क्षेत्र लद्दाखमा चीनसँग तनाव सिर्जना भएलगत्तै भारतको सूचना प्रविधि मन्त्रालयले चीनमा बनेका मोबाइल एप्सहरुलाई आफ्नो देशमा नचल्ने बनाएको हो । मन्त्रालयले जनाएको विज्ञप्तिमा उक्त किसिमका एपले भारतको अखण्डता, सिमा रक्षा र व्यवस्था विरुद्धको गतिविधी गरेका कारणले प्रतिबन्ध लगाइएको उल्लेख छ ।
चीनमा विकसित उक्त एप्स हरुले इन्टरनेटका माध्यमबाट डाटा चोर्ने गरेको जनाइएको छ । यसअघि लद्दाखमा भएको सीमा विवादका कारण ५९ वटा चिनीया एप्स भारतमा प्रतिबंधित गरिएको थियो जसमा टिक टक पनि सामेल थियो ।
बहुचर्चित टिक टक एप ब्यान गरेपश्चात्, अर्को चर्चित मोबाइल गेम पब्जी पनि प्रतिबंधित गरिएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :