प्रहरीको हस्तक्षेपका कारण रातो मछिन्द्रनाथको जात्रा रोकियो ।



प्रकाशित: भाद्र १८, बिहिबार, काठमाडौं  ।

ललितपुरका स्थानीयबासीहरुले कुनैपनि किसिमका धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु नगर्नु भनी जिल्ला प्रशासन कार्यालयको आदेशलाई उल्लंघन गर्दै रातो मच्छिन्द्रनाथको जात्रा आयोजना गरेका थिए । स्थानिय प्रशाशनको निर्देशन उल्लङ्घन गरि जात्रा आयोजना गरिएको र उक्त जात्रा आयोजना गर्ने जानकारी पनि प्रशाशनलाई दियिएको थिएन ।

जात्रामा हजारौँ मानिसको भिड हुने भएकाले संक्रमणको जोखिम बढ्ने भनि आयोजना गरिएको रातो मछिन्द्रनाथको जात्रा प्रहरीको हस्तक्षेपपश्चात स्थगित भएको छ । नियम उल्लङ्घन गरि जात्रा आयोजना गर्नेहरु प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका छन् ।

करिब चार महिना अगाडिनै हुनुपर्ने उक्त रातो मच्छिन्द्रनाथको जात्रा स्थानीय सरकारको प्रतिबन्धका कारण पटक-पटक स्थगित गरिएको थियो । उक्त जात्रा शताब्दी पुरानो भएका कारण स्थानिय धार्मिक नेताहरुले जात्रा आयोजना गर्न ढिलाइ भएको बताएका थिए ।

यसभन्दा अगाडि कोभिड-१९ कै कारणले गर्दा भक्तपुरको बिस्केट जात्रा, जिब्रो छेड्ने जात्रा र काठमाडौंको सेतो मच्छिन्द्रनाथको जात्रा स्थगित गरिएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार