कोरोना भाइरसका त्रासका कारण मानसिक स्वास्थ्यमा परेको प्रभावबारे बालुवाटारमा छलफल ।



प्रकाशित: भदौ २३, मंगलबार, काठमाडौँ । 
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले नोवेल कोरोना भाइरस को कारण मानिसको मानसिक स्वास्थ्यमा परेको प्रभावबारे मनोचिकित्सकहरूसँग परामर्श गरेका छन् । 

कोरोना भाइरसको संक्रमण रोकथामका लागि गरिएको लकडाउन र निषेधाज्ञाको कारण जनजीवन ठप्प भएकोले मानिसहरूमा मानशिक तनाव बढेको छ । जन जिवन नै ठप्प परेपछि व्यापार व्यवसाय गर्ने व्यवसायी दैनिक ज्यालादारी गर्ने मजदुर लगायत सबै मारमा परेका छन्। लामो समयदेखिको बन्द बंदी जनताले धान्न नसकेपछि सरकारलाई चौतर्फि दवाव बढिरहेकोबेला प्रधानमन्त्री केपी शर्मा ओलीले यस बारे चासो देखाएको छ।

कोरोना भाइरस संक्रमण विरुद्धको क्रियाकलापले कोरोना भन्दापनि मानशिक त्रास बढेको देखिन्छ । बैठकमा सहभागी एक चिकित्सकले प्रधानमन्त्री ओलीको भनाइलाई उदृध गर्दै कतिपयले कोरोनाबारे अनावश्यक त्रास फैलाएका र स्वास्थ्य मन्त्रालयले कोरोनाबारे यथार्थ कुरा बाहिर ल्याउन जोडदिनुपर्ने बताए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, डा. सरोजप्रसाद ओझा, डा. सुदर्शन नरसिंह प्रधान, डा. पशुपति महत, डा.रितेश थापा, डा. दिव्य सिंह, डा. सगुन पन्त, डा. रोशन पोखरेल, डा. फणीन्द्र बराल, डा. अनन्त अधिकारी छलफलमा सहभागी थिए भने मनोचिकित्सकहरूले लकडाउन र निषेधाज्ञाले मानसिक समस्या बढाएको र आत्महत्याको दर बढ्दै गएको निष्कर्ष निकालेका थिए ।

मनोस्वास्थ्यलाई महत्व नदिएको भनी प्रधानमन्त्रीसमक्ष उनीहरूको गुनासो थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार