नेपाल-चीन सीमा बारे गृहले हुम्लाका सहायक प्रमुख सँग स्पस्टिकरण माग ।



प्रकाशित: असोज ९, शुक्रबार, काठमाडौँ ।
चिनियाँ पक्षले भवन निर्माण गरेको सूचना सञ्चार माध्यममा दिएको भन्दै बुधबार हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई गृह मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको मन्त्रालय स्रोतले बताएको छ ।

नेपाल-चीन सीमा अतिक्रमण जस्तो संवेदनशील विषयमा तालुक निकायलाई जानकारी नदिइ के कारणले सञ्चार माध्यममा अभिव्यक्ति दिनु भएको हो सो सम्बन्धमा २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन आदेश अनुसार अनुरोध छ’ भनी पत्र पठाएको हो।

सहायक प्रजिअ हमाल नेतृत्वको टोली दुई साताअघि नेपाल-चीन सिमाना नाम्खा गाउँपालिका-६, लाप्चाक्षेत्र (लोलुङजोङ)मा पुगेर स्थलगत अध्यन गरेको थियो भने हमालले जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाको भनाइलाई आधारमा चीनले नेपाली भूमिमा भवन बनाएको हुन सक्ने आशयको प्रतिवेदन जिल्लामा पेश गरेको गृह मन्त्रालयमा पनि पठाइएको थियो । 

हमालले दिएको सूचनाका आधारमा विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन-प्रशारण गरेपछि काठमाडौँमा चीनबिरुद्ध प्रदर्शन समेत भएको थियो जसले गर्दा दुई देशबीचको सम्बन्धमा विवाद ल्याएको भन्दै उनलाई गृह मन्त्रालयबाट लिखित स्पष्टीकरण माग गरेका हुन् । 

प्रतिवेदनकै आधारमा असोज ३ गते शनिबार हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसहितको टोली सीमा अनुगमन र हराएको भनिएको सिमास्तम्भ खोज्न नाकामा गएको छ ।

तर घटनास्थलको बास्तविकता बाहिर नआउँदै मन्त्रालयले हमाललाई २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ भने अर्कोतिर सरकारका प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबारको नियमित पत्रकार सम्मेलनमा हुम्लामा चीनले सीमा अतिक्रमण नभएको बताएका छन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial