कर्णाली प्रदेश प्रवेशका लागि पिसिआर रिपोर्ट अनिवार्य |



प्रकाशित: भदौ १६, बुधबार, कर्णाली ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा हिजो मंगलबार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले यहाँका मूल प्रवेशद्वारमा पिसिआर टेष्ट रिपोर्ट नदेखाए प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

कोरोना संक्रमण मात्र नभई लक्षणसहितका संक्रमित बढ्न थालेपछि कर्णाली प्रवेश गर्ने जोकोही व्यक्तिले पिसिआर टेष्टको रिपोर्ट अनिवार्य देखाउनुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथ्य भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन्।

केसीका अनुसार संघीय सरकारको स्वास्थ्यसम्बन्धी नयाँ मापदण्डअनुसार कार्यान्वयन गर्ने गराउने, भौतिक दूरी कायम गर्ने कार्य कडाइका साथ लागु गर्ने, संक्रमित स्थानलाई कोभिड-१९ को प्रोटोकलअनुसार स्थानीय तहसँग समन्वय र सहकार्य गरी स्थानीय प्रशासनले सिल गर्ने कार्य प्रचलित कानूनअनुसार गराउने, कोरोनाका लक्षण देखिएकालाई अनिवार्य पिसिआर टेष्ट गराउने र कन्ट्याक्ट ट्रेसिङका आधारमा क्वारेन्टाइन-आइसोलेशनमा राख्ने व्यवस्था मिलाउने निर्णय आदि हिजोको बैठकमा निर्णय भएको हो।

प्रदेश सरकारबाट सञ्चालित क्वारेन्टिनमा खाना खुवाउनका लागि हाल आवश्यक पर्ने बजेट रु ७५ लाख उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई सम्बन्धित कोषबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयले उपलब्ध गराउने निर्णय भएको प्रवक्ता केसीले जानकारी दिइन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार