हरेक स्थानीय तहलाई १० लाखका दरले कोभिड-१९ अस्पताल सञ्चालनको लागि बजेट ।




प्रकाशित: असोज २, शुक्रवार, काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा कोभिड १९ अस्थायी अस्पताल सञ्चालनसम्बन्धी मार्गदर्शन २०७७ जारी गर्दै ६ सय ४९ वटा स्थानीय तहलाई १० लाख रुपैयाँ का दरले बजेट उप्लब्ध गराउने भएको छ ।

आइभि स्ट्यान्ड बेड रसाइड लकरसहितको बेडका लागि ५ लाख, औषधिका लागि ५० हजार र करारमा एक जना चिकित्सक, दुई जना स्टाफ नर्स र असिस्टेन्ट एक जनाका लागि ४ लाख ५० हजार गरी हरेक स्थानीय तहलाई छुट्याएको मार्गदर्शनमा उल्लेख गरिएको छ भने तत्काल बजेट नपुगेको खण्डमा सम्बन्धित स्थानीय तहले आफैं व्यवस्था गनुपर्ने मन्त्रालयले जनाएको छ ।

जनशक्तिलगायत व्यवस्थापन सम्बन्धित स्थानीय तहबाटै नै गर्ने/गराउने र अस्पतालमा सहयोगी स्थानीय तह वा अन्तर्गत कार्यरत मध्येबाट खटाउन सम्भव नभएको अवस्थामा करारमा लिनुपर्ने बताइएको छ ।


त्यसैगरी मन्त्रालयका अनुसार चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी करारमा लिनु नपर्ने भएमा सो प्रयोजनका लागि विनियोजित बजेटबाट सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णयले अस्पतालका लागि आवश्यक औजार, उपकरण खरिद गर्न सकिने छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार