यातायात व्यवस्था विभाग अगाडि धर्ना दिन पुगेका सार्वजनिक यातायात व्यवसायीहरू बन्द सहन नसकिने भन्दै सबै खालका सार्वजनिक यातायात खोल्न माग गरेका छन् । असोज १ गतेबाट स्थानीयसँगै लामो दूरीमा चल्ने सवारी नखोलिए सरकारी निर्णय अवज्ञा गर्ने चेतावनी दिँदै व्यवसाय धर्नामा बसेका थिए ।
७ महिनादेखि गाडी थन्काएर बस्नुपर्दा जीविकोपार्जनमै समस्या परेको र ऋण तिर्न नसक्ने अवस्था आएको भन्दै सरकारले अब सतकर्ता अपनाएर सवारी सञ्चालन गर्न नदिए असोज १ गतेबाट अवज्ञा आन्दोलन थाल्ने व्यवसायी रामकृष्ण भण्डारीले बताए ।
त्यसैगरी विदेशबाट आएका यात्रुलाई होल्डिङ सेन्टरबाट जिल्लाहरुमा लैजाँदा ठगीबारे पनि ध्यानाकर्षण गराएका । पहुँचका भरमा माफियाहरूको निजी सवारी साधन प्रयोग गरी ठगी भइरहेको व्यवसायीहरूको आरोप थियो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :