तत्काल विद्यालयहरु नखोल्नु, वैकल्पिक सिकाइलाई जोड दिनु: मन्त्री पोखरेल ।


Giriraj mani pokharel

प्रकाशित: असोज १०, शनिबार ।
कोभिड-१९ को जोखिम कायमै रहेको भन्दै तत्काल विद्यालयहरु खुल्ला नगर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले आग्रह गर्नुभएको छ । 

आज शिक्षा पत्रकार समाजले आयोजना गरेको " वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका " विषयक भर्चुअल छलफलमा उहाँले यस किसिमको आग्रह गर्नुभएको हो । विद्यालयस्तरमा संक्रमण फैलिए त्यसलाई नियन्त्रण गर्न अत्यन्तै जटिल हुने भएका कारणले तत्कालको समयमा शिक्षण सिकाइ क्रियाकलाप का लागि संचार र प्रविधि को प्रयोग गरी वैकल्पिक सिकाइ गराउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री पोखरेलले न्यूनतम सिकाइको सुनिश्चितताका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरुलाई अनिवार्य पुग्नका लागि निर्देशन गरिएको बताउनुभयो । साथै, उहाँले शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापनाका लागि सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियत रुपमा क्लोज युनिट ग्रुप (सियुजी) मा आबद्ध गराई सञ्चार सहजता बढाइएको समेत बताउनुभयो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार