पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा मन्त्रीको सुविधासहित प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार |



प्रकाशित: भदौ ३१, बुधवार, काठमाडौँ। 
पूर्व अर्थ, सूचना तथा सञ्चारमन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत रहेका डा. युबाराज खतिवडा मन्त्रालयबाट बाहिरिए लगत्तै मन्त्रीस्तरीय सेवा सुविधा पाउनेगरी प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकारमा नियुक्त हुने भएका छन्। 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकलो निर्णयहरु मंगलवार सार्वजनिक गर्दै परराष्ट्रमन्त्री एवं नेपाल सरकारका प्रवक्ता नियुक्त भएका प्रदिप ज्ञावलीले खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीका विश्वासपात्र खतिवडाले सांसद नभई ६ महिना बढी मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका कारण भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

राष्ट्रिय सभा सदस्य हुँदा दुई वर्ष अर्थमन्त्री बनेका खतिवडालाई प्रधानमन्त्री ओलीले सांसद नहुँदा पनि ६ महिनाका लागि अर्थमन्त्री बनाएका थिए प्रधानमन्त्रीको विश्वास पात्र भएकै कारण आलोचनाको पात्र बनेका खतिवडालाई मन्त्रिस्तरीय सुविधासहित प्रधानमन्त्रीले आफ्नै विशेष आर्थिक सल्लाहकार नियुक्त गर्ने भएका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार