प्रकाशित:भदौ १८,बिहिबार,विराटनगर।
इटहरीमा रहेको नमुना कलेजले लकडाउन अवधि भरको पनि शुल्क मागेपछि अभिभावकहरु रुष्ट बनेका छन्। कलेजले शुल्क तिर्न दबाब दिएको विद्यार्थीहरुले गुनासो गरेका छन् । कोरोना महामारीका कारण लकडाउन भएको समयमा लिएको अनलाइन कक्षाको शुल्क तिर्न दबाब दिएको विद्यार्थी तथा अविभावकहरुको गुनासो छ ।
सरकारले अनलाईन कक्षा सञ्चालन गरेको शुल्क लिन नपाउने बारम्बार बताए पनि आन्तरिक परिक्षाको बाहानामा शुल्क तिर्न ताकेता गरेको अविभावकले आरोप लगाएका छन् । उनीहरूले अनलाइन कक्षा संचालन गरिरहेकाले त्यसको शुल्क मागेको समेत गुनासो गरेका छन् ।
यता कलेजका प्रिन्सिपल धर्म न्यौपानेले बिद्यार्थीसँग लिंकन यूनिर्भसिटीको फाइनल परिक्षाको फर्म शुल्क मागिएको बताएका छन् । उनले विद्यार्थीहरुलाई शुल्क तिर्न दबाब नदिएको तर अनुरोध गरेको बताए ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :