स्वास्थ्य विधामा अध्ययनरत् विध्यार्थीहरूलाई कोरोना रोकथामका लागि स्वयंसेवकको रुपमा खटाइने |



प्रकाशित: भदौ २१, आइतवार, काठमाडौँ  ।
कोरोना संक्रमणको महामारी दिनानुदिन बढ्दै गएको छ । संक्रमितको संख्या बढ्दै गएपछि अस्पताल स्वास्थ्यकर्मी आदिको आभाव भएको छ ।

यो अवस्थामा स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य शिक्षण संस्थानमा अध्यायनरत स्वास्थ्य विषय का विद्यार्थीहरुलाई कोरोना रोकथामका लागि स्वयंसेवकको रुपमा खटाईने भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

यसअघि पनि मन्त्रालयले कोरोना रोकथामका लागि स्वयंसेवकको रुपमा सेवा गर्न चाहने स्वास्थ्यकर्मीलाई आवेदन दिन आग्रह गरेको भएपनि स्वास्थ्यकर्मी तथा विद्यार्थीहरुको कोरोना भाइरस रोकथाम का लागि खटिन् नचाहेकोले यसअघि पनि मन्त्रालयले कोरोना रोकथामका अब स्वास्थ्य सेवा विभागले आवश्यक्ता अनुसार ती विद्यार्थीहरूलाई कोरोना रोकथामका लागि खटाउन सक्ने सम्झौता भएको प्रवक्ता डा.ले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार