कुलमानको पुनर्नियुक्ति गर्न मिल्दैन, आवश्यक परे सच्याएर एमसीसी अनुमोदन हुन्छ : मन्त्री ज्ञवाली ।



प्रकाशित: असोज १, शुक्रवार, बुटवल ।
शुक्रबार बुटवलमा प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री एवं नेपाल सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञावलीले विद्युत प्राधिकरणका सन्दर्भमा आएका र रचिएका कथाहरूमा रमाउनु आवश्यक नभएको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ प्रति सरकार सकारात्मक र सन्तुष्ट भएपनि पुनर्नियुक्ति भने कानुनअनुसार गर्न नमिल्ने बताए ।

प्रवक्ता ज्ञवालीका अनुसार कुलमानको भूमिका महत्वपूर्ण रहे पनि नेपाललाई लोडसेडिङमुक्त बनाउन उनको एक्लो प्रयासले मात्र नभई सरकारको लगानी र सम्पूर्ण टिमको योगदानको कारण सम्भव भएको हो । कुलमान घिसिङलाई नै नियुक्ति गर्नै परेमा पनि नयाँ कानुनअनुसार गरिने छ जसको लागि सरकारमा छलफल भइरहेको छ ।

यसै कार्यक्रममा बोल्ने क्रममा मन्त्री ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुने बताएका छन् । पार्टीले गठन गरेको कार्यदलले परिमार्जनसहित एमसीसी पारित गर्ने सुझाव पार्टीलाई दिएकाले आवश्यक परे एमसीसीका विषयमा उठेका केही प्रश्नको हल गरेर भएपनि अनुमोदन हुने बताएका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार