राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १ सय ५० जनाको कोरोना परीक्षण नै नगरी रिपोर्ट ।



 प्रकाशित: भदौ १८, बिहीबार, काठमाडौँ ।

काठमाडौंको नागार्जुन नगरपालिकाका वडाध्यक्ष राजेन्द्र बुढाथोकीसमेत गरी १ सय ५० जनाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना परीक्षण नै नगरी रिपोर्ट पाएका छन् ।

भदौ १४ गते शुक्रबार नागार्जुन नगरपालिका क्षेत्रका झण्डै ९‍० जनाको स्वाब संकलन गरिएको यो टोलीमा मेयरदेखि वडाध्यक्षहरुसम्मको स्वाब लिइएको थियो भने भदौ १४ गते दिनको १ बजे सबैको मोवाइलमा म्यासेज गयो जसमा सबैको रिपोर्ट नेगेटिभ थियो । 

सबैको रिपोर्ट नेगेटिभ आएपछि कोरोनाको त्रासबाट केही राहत पाएका उनीहरूको खुशी धेरै बेर टिकेन । भदौ १६ मंगलबार साँझ ६ बजे नागार्जुन वडा नं ६ का वडाध्यक्ष राजेन्द्र बुढाथोकीको मोवाइलमा कोरोना पोजिटिभको म्यासेज आएसँगै नागार्जुन नगरपालिका त्रासमय बनेको छ ।

वडाध्यक्षसँगै १ सय ५० जनाको स्वाब नै परिक्षण नगरी उक्त दिन रिपोर्ट पठाइएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गम्भीर त्रुटि भएको स्वीकारेको छ । कोरोना संकटको बेला जस्तो संवेदनशील कुरामा पनि प्रयोगशालाको लापारवाहीले जनताको जीवन धरापमा पारेको छ भने जनता त्रसित त छँदैछन्, त्यो भन्दा बढी रुस्ट भएका छन् ।

प्राविधिक कारणले गल्ति भएको तर पछि गलत एसएमएस आयो भनेर सम्बन्धित व्यक्तिलाई जानकारी गराएको प्रयोगशाला प्रमुख रूणा झाले बताउईन।

तर, समस्या यही समाप्त हुँदैन । रिपोर्ट नेगेटिभ आउनसाथ जनप्रतिनिधि कोरोना रोकथामका विभिन्न कामदेखि विकास निर्माणका काममा सहभागी भएका थिए।। मेयर उपमेयरदेखि वडाध्यक्षसम्म गरेर झण्डै ३ सय जनाको उपस्थितिमा सामाजिक दूरीको नियम पालना गर्दै रक्तदान कार्यक्रम को आयोजना गरिएको थियो जसमा १८० जनाले रक्तदान गरेक थिए।

तर, मानिसको जीवन नै जोखिममा पार्ने यस्ता लापरवाही हुनु नहुने सरोकारवाला निकायको तर्क छ । र यो घट्नाको गम्भीर छानविन हुने उनीहरुको प्रतिबद्धता छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार