असोज १ गते बिरामी दिवस मनाइँदै, घर घरमा दिपावली गर्न आग्रह ।



प्रकाशित: भाद्र २९, सोमबार ।
सन् २०१७ सेप्टेम्बर १७ देखि संयुक्त राष्ट्रसंघले घोषणा गरेको अन्तराष्ट्रिय बिरामी दिवश नेपालमा पनि आगामी असोज १ गते विशेष कार्यक्रम गरी मनाइँदैछ । उक्त दिवस प्रदेश तथा स्थानीय स्तरमा स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानका लागि आह्वान गर्दै मनाइने स्वास्थ्य सेवा विभागको उपचारात्मक स्वास्थ्य महाशाखा निर्देशक डाक्टर तारानाथ पोखरेलले जानकारी दिनुभयो ।

यसवर्ष बिरामी दिवसलाई स्वास्थ्यकर्मीको सुरक्षामा केन्द्रित गरी मनाइने भनिएको छ । " सुरक्षित स्वास्थ्यकर्मी, सुरक्षित बिरामी " भन्ने मूल नाराका साथ यस वर्षको बिरामी दिवस मनाइँदैछ ।

यस दिवसको अवसरमा असोज १ गते साझा ७ बजे काठमाडौँको माइतीघरमा दिप प्रज्वलनको कार्यक्रम समेत राखिएको छ । यसै अवसरमा कोरोना सङ्क्रमितको स्वास्थ्यलाभको कामना गर्ने र मृत्यु भएका संक्रमितको चिरशान्तिको कामना गर्दै मौनधारण गर्ने कार्यक्रम रहेको छ ।

सरकारले असोज १ गते साँझ ८ बजे सम्पूर्ण देशबासीलाई दीपावली गरी स्वास्थ्यकर्मी र बिरामीको मनोबल बढाउन र कोरोना संक्रमणका कारण मृत्यु हुनेहरूको नाममा एक मिनेट मन धारण गर्न आहवान गरेको छ। 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार