प्याजको कालोबजारी गर्ने २ ब्यापारी पक्राउ ।



प्रकाशित: अशोज ५, सोमबार, विराटनगर । 
कृत्रिम अभाव सिर्जना गरी प्याजको मूल्य अत्याधिक बढाएर कालोबजारी गरेको आरोपमा विराटनगर दुईजना सब्जी व्यापारीलाई जिल्ला प्रहरी कार्यालय मोरङले बिराटनगर-९ मा अवस्थित पुरानो बुद्धिका सब्जी ब्यापारीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ हुनेहरुमा विराटनगर महानगरपालिका-९ निवासी ३८ वर्षका संजय कुमार गुप्ता र २९ वर्षका महेशकुमार सहनी रहेका छन् । सामाजिक अपराध तथा सजाय होइन अन्तर्गत उनीहरुलाई मोरङबाट सात दिनको म्याद थप गरे मोरङ जिल्ला प्रशासनले अनुसन्धान सुरु गरेको छ ।

प्याज ४१ रुपैयाँमा खरिद गरी १०० रुपैयाँ प्रतिकेजी सम्म बिक्री गरिरहेका ती व्यापारीहरुलाई प्रहरीले पक्राउ गरेको हो । भारतबाट प्याज निर्यात बन्द भएतापनि यसअघि नै खरिद गरिएको प्याज दोब्बर मूल्यमा बिक्री गरेको पाएपछि नियन्त्रणमा लिएर उनीहरुमाथि अनुसन्धान गरिएको स्रोतको जानकारी रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार