जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा ।


प्रकाशित: भदौ २३, मंगलवार, काठमाडौँ ।
तीन वर्षअघि २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाएको थियो । दहितले बन्द गराएको कित्ताकाट तीन वर्षपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी छन ।

कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्व निर्णयहरु बदर गर्दै हाललाई भू-उपयोग ऐन २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाट सम्बन्धी व्यवस्था खुलाउन सम्बन्धित विभागमा मार्फत मातहतका कार्यालयहरुमा निर्देशन दिने निर्णय भएको छ।

मन्त्री स्तरबाट २०७७/०५/१८ मा भएको सो निर्णय श्री भूमि व्यवस्थापन तथा अभिलेख विभाग ,बबरमहल काठमाण्डौं श्री नापी विभाग ,मिनभवन काठमाडौ लाइ पत्र लेख्दै मातहतका सबै कार्यालयहरुलाई सो निर्देशन जारी गरिएको हो ।

सूचना:


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार