बर्जुमा शैक्षिक सुधार कार्यशाला सम्पन्न ।



प्रकाशित: भाद्र २८, आईतबार । 
बर्जु गाउँपालिका सुनसरीले शैक्षिक सुधार कार्ययोजना निर्माणका लागी शुक्रबार एक कार्यक्रम आयोजना गरेको छ । शिक्षा शाखा प्रमुख बाबुराम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा क्षेत्रमा लामो अनुभब भएका शिक्षाप्रेमी ब्यक्तिहरुको उपस्थिती रहेको थियो । 

जनता बहुमुखी क्याम्पसका प्रा.डा. टोलनाथ काफ्ले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर उकास्ने दायित्व शिक्षक, अभिभाबक तथा सम्पूर्ण सरोकारवालाहरुको भएपनि मुख्य कडी भने शिक्षकको प्रवृत्ति नै भएको बताउनु भयो । शैक्षिक सुधार कार्ययोजनाको खाका कसरी बनाउन सकिन्छ भन्ने हाम्रो जिज्ञासामा उहाँ भन्नुहुन्छ, कार्ययोजना बर्जुको माटो सुहाउने गरि बनाउनुपर्छ , ठेली बनाएर मात्र त्यसको के काम । 

कार्यक्रममा सुनसरीका पूर्व जिल्ला शिक्षा अधिकारी तथा हाल सुनबर्षी नगरपालिका मोरंगका शिक्षा शाखा प्रमुख रुद्र दुलालले प्रत्येक बिद्यालयको फरक फरक पृष्ठभुमि हुने हुदाँ बिद्यालय आफैले एक्सन प्लान बनाउने र ती सम्पूर्ण बिद्यालयगत योजनाका आधारमा मात्र पालिकाले एउटा फ्रेमवर्क दिदाँ उपयुक्त हुने धारणा राख्नु भयो । 

साथै आदर्श बिद्यालय बिराटनगरका पूर्व प्र.अ. दुर्गा प्रसाद चुडालले शिक्षामा गरेको लगानीको प्रतिफल आजको भोली प्राप्त नहुने हुदाँ अल्पकालिन र दिर्घकालिन प्रकृतिका योजनाहरु बनाउनु उत्तम हुने र त्यसका लागी प्र.अ.को नेतृत्व नै मुख्य कुरा रहेको धारणा उहाँको थियो ।


कार्यक्रममा बर्जु गाउँपालिकाका गाउँ शिक्षा समितिका पदाधिकारी ज्यूहरुको समेत सहभागिता रहेको शिक्षा शाखामा प्राबिधिक सहायक तथा कार्यक्रम सन्चालक हेमराज दाहालले जानकारी दिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार