प्रकाशित: असोज १४, बुधवार, बिराटनगर ।
कोरोना भाइरस संक्रमणको महामारी बढ्दो क्रममा रहेको बेला विगत लगभग ६ महिनादेखि अन्तर्राष्ट्रिय सीमा नाकाहरु बन्द अवस्थामा रहेको छ।
संक्रमण रोक्न गत चैत्र ११ गते देखि गरिएको बन्दा बन्दीको अवस्था केही दिन आगाडी खुल्ला गरिएपनि अन्तर्राष्ट्रिय सीमा नाकाहरु संक्रमणको जोखिमलाई मध्यनजर गर्दै खुल्ला गरिएको छैन।
भारतसँग जोडिएको प्रदेश १ को राजधानी विराटनगरको खुला सीमाका कारण आवतजावत बढेको छ भने तस्करीको प्रयास पनि बढ्दो अवस्थामा रहेको छ।
बिराटनगर १६ मा पर्ने दक्षिण गेठ बाट प्रति व्यक्ति सय रुपैयाको दरले रकम लिएर गैरकानुनी रुपमा मान्छे नेपाल भित्रयाउने दुई जनाले ६ सय रुपैया लिएर ६ जना भारतीय नागरिकहरुलाई नेपाल ल्याई रहेको बेलामा पक्राउ परेका छन् भने केही दिन आगाडी ट्रयाक्टरमा हरियो केराउ तस्करी गर्ने काममा नेपाल प्रहरीले पक्राउ गरेका थिए।
नेपालबाट भारततर्फ हरियो केराउ मरिाज सुपारी आदि तस्करी हुँदै आएको थियो भने आज मात्र ठुलो परिमाणमा कुच्याईएर बनाईएको प्लास्टिकको बोतलको बण्डल रानी मटियरूवा चौकी नजिकै सिमाक्षेत्रमा अलपत्र अवस्थामा रहेको छ।
कवाडीमा प्लास्टिकको बोतललाई मेसिनमा दबाएर बण्डल बनाई भारततर्फ निकासी हुँदै आएको छ भने सीमानाका बन्द रहेको बेला पनि कवाडीको कारोबार गर्ने व्यापारीले ठूलो परिणाममा ठेलामा लोड गरिएको उक्त बोतलको बण्डल भारततर्फ लैजानेक्रममा निकास हुन नपाउँदा सिमानाका क्षेत्र नजिकै अलपत्र अवस्थामा रहेको छ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :