मान्छेलाई आक्रमण गर्ने बाघ चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा ।


Tiger

प्रकाशित: असोज ११, आइतबार, चितवन ।
बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर–१३ का ६३ वर्षीय जन्हु चौधरीको शनिबार बिहान सवा १० बजे बाघको आक्रमणबाट मृत्यु भएको छ भने करिब पाँच घण्टाको प्रयासपछि अक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिए । निकुञ्जका हात्ती, कर्मचारी, सेना तथा प्रहरीको सहभागितामा बाघलाई बाघलाई नियन्त्रणमा लिइएको सूचना अधिकारी रामले बताए।

वनको गेटको नजिकै घर भएका चौधरीलाई वनको गेटबाट करिब चार सय मिटरभित्र रहेको ठाउँमा घाँस काट्दै गरेको अवस्थामा बाघले आक्रमण गरेको थियो भने मृतकका छोराले बाबुलाई बाघले खाँदै गरेको देखेपछि अन्यलाई खबर गरेका थिए ।

केही महिनाअघि पनि सोही क्षेत्रमा बाघको आक्रमणबाट स्थानीयको मृत्यु भएको थियो र त्यतिखेरको आक्रमण पनि यही बाघले गरेको हुनसक्ने आशंका निकुञ्जको रहेको छ। 

मान्छे खान पल्किएको बाघका कारण अन्य मानवीय क्षति पनि हुन सक्ने भयका कारण डार्ट गरिएका (औषधियुक्त सुई प्रहार गरी लठ्याइएको) उक्त बाघलाई निकुञ्जको हेडक्वाटर कसरामा रहेको खोरमा सुरक्षित राखिएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार