अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा पत्र बुझाएका हुन् ।
आफ्नो कार्यकालमा राजस्व प्रशासनमा निकै सुधार आएको खतिवडाले बताए । विशेषगरी भ्याट फिर्ता खारेजीको निर्णयलाई अर्थमन्त्रीले सफल निर्णय मानेका छन् । यस बीचमा खर्च प्रणाली र लेखा प्रणालीमा समेत उल्लेखनिय सुधार भएको उनले प्रतिक्रिया दिए । आफ्नो कार्यकाल निकै चुनौतिपर्ण रहेको, उनले विदाई समारोह मा बताए ।
उनले आफूले जग बसालेर बिदाइ भए पनि त्यसलाई निरन्तरताको जिम्मेवारी कर्मचारीमा रहेको समेत बताएका छन् । खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :